बुवाको विरासत छोरालाई



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको प्यानलले विजयी भएको छ। गठबन्धनको तर्फबाट नेकपा एसका केशर बहादुर पुनको प्यानलाई हराउँदै नेकपा एमालेका प्रेमनाथ योगीको प्यानल विजयी भएको हो।

पुनलाई ३ सय ८९ मतान्तरले पछि पार्दै नेकपा एमालेका योगी विजयी भएका हुन। योगीले १ हजार ५ सय ६ मत प्राप्त गर्नुभएको छ भने नेकपा एसका पुनले १ हजार १ सय १७ मत प्राप्त गरे। २०७४ सालको निर्वाचनमा प्रेमनाथका बुवा राम बहादुर योगी वडाध्यक्षमा निर्वाचित भएका थिए।

रामबहादुर उमेरले नसक्ने भएपछि एमालेले छोरा प्रेमलाई टिकट दिएर बाबुको विरासत छोराको जिम्मामा लगाएको हो।

प्रतिक्रिया दिनुहोस्