आगलागीबाट क्षति भएका परिवारका लागि सोसेकको सहयोग



दैलेख । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ। आगलागीका कारण ठाटीकाँध गाउँपालिका–६ निवासी नरेन्द्र बहादुर थापाको क्षति भएको थियो।

उक्त घरका ४ जना बालबालिका तथा परिवारका लागि सामाजिक सेवा केन्द्र (सोसेक) द्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ को तर्फबाट खाद्यान्न सहयोग प्रदान गरिएको हो।

ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह र वडा नम्बर ६ वडाध्यक्ष जोरासिंह रोकाया क्षेत्रीले खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन्। चामल, दाल, नुन, तेल गरी ६ हजार ५ सय बराबरको खाद्यान्न उपलब्ध गराइएको हो।

प्रतिक्रिया दिनुहोस्