पूर्व जिल्ला समन्वय समितिका प्रमुखहरु निर्वाचित तर पुनः फर्कने संभावना भने न्युन



बारा । बारा जिल्लाका समन्वय समितिका पूर्वसंयोजक र सहसंयोजक दुबै जना वडा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीका अनुसार संयोजक नवलकिशोर सिंह लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र सहसंयोजक पवन कुमार ब्याहुत जनता समाजवादी पार्टी (जसपा)बाट वडा सदस्य पदमा निर्वाचित भएका हुन्।

समन्वय समितिका सिंह देवताल गाँउपालिको वडा नम्बर–४ र ब्याहुत कलैया उपमहानगरपालिका वडा नम्बर–४ बाट निर्वाचित भएका हुन्। दुबैजनाले पुनः जिल्ला समन्वय समितिमा जाने मनसायले पालिकाको वडामा चुनाव लडेका बुझिएको छ।

जिल्लामा १६ वटा स्थानिय तह भएको समन्वय समिति बाराको निर्वाचनमा पालिकाका प्रमुख उपप्रमुख ३२ जना मतदानमा भाग लिन पाउने छन्। यसपटक निर्वाचनको नतिजामा समिकरण फेरिएकाले सिंह र ब्याहुतले जिल्ला समन्वय समितिको जिम्मेवारी पाउन मुस्कील देखिन्छ। यस पटक जिल्लाका पालिकाहरुमा एमालेको उपस्थीती बलियो बनेको हुँदा उनीहको संभावना कमजोर देखिएको नेकपा एमाले बाराका मनोज पौडेलले बताए।

उनका अनुसार अघिल्लो निर्वाचनमा जितपुरसिमरा र कोल्हवीमा खुम्चीएको एमालेले यसपटक बाराका–५ पालिका कलैया, निजगढ, परवानीपुर, प्रसौनी र पचरौतामा प्रमुख, उपप्रमुख र जितपुरसिमरा उपमहानगपालिकामा उपप्रमुख गरी५ जना प्रमुख र ६ उपप्रमुख गरि ११ सिट जितेर एमाले यो पटक बाराको ठुलो दलको रुपमा रहँदा पूर्वजिसस प्रमुखहरु निर्वाचित भएतापनि पूनः फर्कने संभावना भने न्यून रहेको उनको भनाइ छ।

यता नेपाली कांग्रेसले कोल्हवी, सुवर्ण, महागढीमाई र आदर्श कोत्वाल गरी ५ पालिकामा जित हासिल गरेको छ। भने मधेशवादी दलहरु (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टी)को उपस्थीति कमजोर रहेको अवस्थामा सिंह र ब्याहुत पुनः समन्वय समितिमा फर्कने संभावना न्युन रहेको एमाले बाराका पूर्वप्रचार विभाग प्रमुख समेत रहेका नेता पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्