कस्तो रहला आजको मौसम ?



काठमाडौं । अहिले प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको र बिहान प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लागायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली रही प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ।

बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार राति पनि पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्