आजदेखि संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै



काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने भएको छ। प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो ११ बजे बस्दैछ।

आज बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्