चकित पार्दै चीन : न मान्छे, न त रोबोट आखिर कसले पढ्दैछ समाचार !



काठमाडौं : एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको छ । चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ ।   

इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो । चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । 

यो एआर्इ समाचार एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ । यो विश्वकै पहिलो भर्चुअल समाचार बाचक हुनेछ । रिपोर्ट अनुसार यो समाचार बाचकले पत्रकारलार्इ दैनिक दिइने पैसाको पनि बचत गर्नेछ । किनकि यसले लगातार २४ घण्टासम्म काम गर्न सक्छ ।

अझ अर्को रोचक कुरा त के छ भने यस भर्चुअल समाचार बाचकले ब्रेकिङ्ग समाचार पढ्ने क्षमता पनि राख्छ । आर्टिफिसियल इन्टेलिजेन्सलार्इ प्रयोग गरेर चीनले तस्बिर र मानिसको आवाज मिसाइ यसमा दुरूस्तै मानिसले अनुहारमा देखाउने भाव पनि राखिएको छ।

यस भर्चुअल समाचार बाचकको ओठको चालका लागि मेसिन लर्निङ्ग प्रोग्राम प्रयोग गरिएको छ । तर तपार्इँले केही ध्यान दिएर हेर्नु भयो भने ओठको चालक केही नक्कली लाग्न सक्छ । यो भर्चुअल समाचार बाचकले अंग्रेजी म्यान्डेरिन भाषामा समाचार पढ्न सक्छ । सिन्व्हा समाचार एजेन्सी इन्टरनेट र मोबाइल प्लेटफर्ममा रहेको छ । जसमा दुर्इ भाषामा यो एंकरले टीभी र वेब पेजका लागि काम गर्नेछ ।

समाचार एजेन्सीले एआर्इमा आधारित समाचार बाचाकलार्इ विशेष गरी ब्रेकिङ समाचारका लागि प्रयोग गरिने जनाएको छ । तपार्इँले यहाँ बुझ्नुपर्ने कुरा के हो भने यो कुनै रोबोट होइन यसलार्इ तपार्इँले भर्चुअल समाचार वाचक भन्न सक्नुहुन्छ ।

बीबीसीको एक रिपोर्ट अनुसार यूनिभर्सिटी अफ अक्सफोर्डका माइकल भुलरिजले यो समाचार बाचकले मान्छे जस्तै देखिन खोजे पनि वास्तवमा त्यस्तो नहुने बताए । उनले बीबीसीलार्इ बताए अनुसार यस्तो समाचार बाचक केही मिनेट भन्दा धेरै देख्न सकिन्न किनकि यो धेरै सपाट छ यसमा कुनै विविधता पनि छैन ।

सिन्व्हा समाचार एजेन्सीले भनेको छ, 'यो ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स सिन्थेसिसमा क्रान्ति नै हो । वास्तविक समाचार बाचकको अनुहारको भाव, ओठको हाउभाउका लागि 'मेसिन लर्निङ्ग' को प्रयोग गरिएको छ।'

प्रतिक्रिया दिनुहोस्