चितुवाको छालासहित २ जना पक्राउ



कैलाली : कैलालीको अत्तरियाबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कैलालीबाट खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका–४ बाट चितुवाको दुई थान छालासहित पक्राउ गरेको हो।

चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा डोटी बडीकेदार गाउँपालिकाका २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ वर्षीय रामबहादुर विष्टलाई पक्राउ गरेको छ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्