अहिलेको सरकार म्यादी हो : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार म्यादी भएको बताएका छन्।

बिहीबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले शेरबहादुर देउवाको सरकारलाई म्यादी सरकार भएको बताएका हुन्।

केही दिनअघि काठमाडौं आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविरमा पुगेको विषयका सन्दर्भमा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गरेका हुन्।

अहिलेको सरकार अस्थायी र म्यादी भएकाले परराष्ट्र नीतिमा दीर्घकालीन असर पर्ने काम गर्न नहुने ओलीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्