चौतारा । लामोसाँघु-जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी सुनकोसी-७ की ८९ वर्षीया मनमाया खड्काको निधन भएको छ । एम्बुलेन्स टहरोभित्र छिरेपछि घाइते भएकी खड्काको उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनायो।
एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको टहरोमा पसेपछि खड्काको मृत्यु भएको हो। एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। रासस