काठमाडौं-१५ मा एकीकृत समाजवादीका डंगोल विजयी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडामा पहिलो जित निकालेको छ । महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका छन्।

डंगोल एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुन्। निर्वाचित डंगोलले ३ हजार ४७६ मत पाउँदा उहाँका निकटत्म प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए।

एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत प्राप्त गरेका छन्। ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साहले दुई हजार १०६ मत पाउँदा एमालेका केशव स्थापितले एक हजार ५६८ मत र कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्