कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु



काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशा बहादुर नेवार रहेका छन्। बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो।

दुबै सवारी साधन सहित बस चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्