गैरसरकारी संस्थालाई जग्गा दिने बर्दिबास नगरपालिकाको निर्णय विवादमा



काठमाडौं : आफ्नो स्वामित्वमा रहेको जग्गा एक गैरसरकारी संस्थालाई दिने बर्दिवास नगरपालिकाको निर्णय विवादमा परेको छ । करोडौं मुल्य बराबरको जग्गा गैर सरकारी संस्थालाई दिने निर्णय गरिएपछि त्यसको आलोचना भएको हो ।

बर्दिबास नगरपालिकाले आफनो स्वमीत्वमा रहेको चार कठ्ठा जग्गा स्थानिय सामुदायिक विकास पैरबी मञ्चलाई भवन निर्माणका लागि दिने निर्णय गरेको छ । नगरपालिकाको ३ नम्बर वडा कार्यालयले २०७५ साउन १४ गते जग्ग दिने निर्णय गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

निर्णयमा बर्दिबास नगरपालिकाको भोगचलन र स्वामित्वमा पछिसम्म असर नपर्ने गरी पैरबी विकास मञ्चलाई वैधानिक रुपमा सञ्चालन रहुञ्जेलसम्मका लागि कार्यालय सञ्चालन र भवन निर्माणका लागि जग्गा दिने उल्लेख छ ।

अर्कातिर नगरपालिकाको यो निर्णयको स्थानियस्तरमा विरोध भइरहेको छ । उनीहरुले नेकपाका उच्चतहका नेताका दवावमा सो जग्गा दिने निर्णय भएको आरोप लगाएका छन ।

नगरपालिकालाई घाटा र संस्थालाई फाइदा हुने गरी जग्गा लिजमा दिइने प्रक्रिया तत्काल रोक्न समेत माग गरिएको छ । नगरपालिकाले लिजमा जग्गा उपलब्ध गराउने निर्णय गरेको स्थानमा पैरवी विकास मंचले पर्खाल निर्माण गरेको छ भने अर्कातिर स्थानियवासीले आफुहरुको माग सुवाई नभए सशख्त आन्दोलनमा उत्रने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्