बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने



काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुनस् मतदान गर्ने जानकारी गराएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिनेछ । यसअघि ३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्