ओलीलाई खनालले भने, ‘मैले राज्यलाई ५५ रोपनी जग्गा दिएँ’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले केपी ओलीले भन्दा १५ वर्ष अगाडि राज्यलाई ५५ रोपनी जग्गा दिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता खनालले आफुले ओलीभन्दा १५ वर्ष अगाडि प्रधानमन्त्री भएको र त्यसबेला आफुले राज्यलाई ५५ रोपनी जग्गा दिएको बताएका हुन् ।

केपी ओलीले आफूले राज्यलाई सबै चलअचल सम्पत्ति दिएको र अरुलाई पनि दिन चुनौति दिएका थिए । खनालले एमाले ओलीले मात्रै राज्यलाई आफ्नो चलअचल सम्पत्ति नदिएको जवाफ दिएका छन्।

उनले उक्त जमिनमा अहिले सिटीभिटीईको भवन बनेको बताए । ‘त्यसबेला इलाममा रहेको मेरो पैत्रिक सम्पतीका रुपमा रहेको ५५ रोपनी जग्गा मैले राज्यलाई दिएर सीटीईभीटी निर्माण गरेँ । सिटीभिटी भवन निर्माण गर्न जग्गा खोज्दा झ्याप्प झुप्प मिलेन। अनि आफ्नै जग्गा दिएर सिटीइभिटी बनाएँ,’ उनले एकचोटी त्यो सिटीभिटी डाँडामा गएर अवलोकन गर्न सांसदहरुलाई आग्रह पनि गरे।

प्रतिक्रिया दिनुहोस्