युवा परिषद् रामेछापको अध्यक्षमा तिलक मगर



रामेछाप । जिल्ला युवा परिषद् रामेछापको अध्यक्षमा तिलक थापा मगर नियुक्त भएका छन्। थापा मगरलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले परिषद्को रामेछाप अध्यक्षमा नियुक्त गरेका हुन्।

जिल्लामा खाली रहेको पदमा उनलाई नियुक्त गरिएको हो। मगर नेकपा माओवादी केन्द्रको दोरम्बा सैलुङ गाउँपालिका सचिव हुन् । उनी विद्यार्थी राजनीतिबाट उदाएका बौद्धिक नेता हुन् ।

प्रदेश सरकारले ७ वटा जिल्लामा राजनीतिक आस्थाका आधारमा आफू निकटलाई अध्यक्षमा नियुक्त गरेको छ। बाँकी जिल्लामा सत्तारुढ गठबन्धनका सिफारिसको आधारमा नियुक्त गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्