मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा प्रदर्शन



जनकपुरधाम । पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धि विरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार प्रदर्शन भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० निकट युवा तथा विद्यार्थी संगठनका नेतारकार्यकर्ताले मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । स्थानीय भानु चोकमा प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।

स्थानीय भानु चोकमा पुत्ला जलाउने क्रममा उनीहरुको प्रहरीसँग केहिबेर घम्साघम्सी पनि भएको थियो । लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले लगातारको मूल्यवृद्धिले जनता अति नै मारमा परेकाले आफूहरु आन्दोलनमा उत्रेको बताए । उनले बढाएको मूल्य फिर्ता नलिए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्