काठमाडौंको मतगणना अन्तिम चरणमा : नतिजा अबेर रातिसम्म आउने



काठमाडौं । काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । मतपरिणाम आउन अझै केही घण्टा लाग्न सक्ने काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए । खतिवडाका अनुसार वडा नम्बर १५को करिब ४ सय मतको गणना अझै बाँकी छ ।

अन्तिम मतपरिणाम नआउँदै बालेनको जित निश्चित भइसकेकाले समर्थकहरू उत्सव मनाउन हतारिएका छन् । तर निर्वाचन आयोगले मतपरिणामबारे आजै माइकिङ भने गर्ने छैन । बालेन साहको समूहले माइकिङ गर्ने र बधाई दिने काम शुक्रवार बिहान गर्न आग्रह गरेका छन् ।

पानी परेको र रातको समय भएको हुँदा तत्काल विजय जुलुस निकाल्न नसकिने भन्दै बालेनको समूहले शुक्रवार बिहान ८ बजे कार्यक्रम गर्ने र ११ बजेबाट जुलुस निकाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्