जीतपुरसिमराका मेयर पौडेल कर्मचारीसहित प्रचण्ड भेट्न काठमाडौंमा



बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर माओवादीका अध्यक्ष प्रचण्ड भेट्न काठमाडौंमा आएका छन् ।

मेयर पौडेलले काठमाडौंमा माओवादी पार्टीका नेता र मन्त्रीहरुलाई भेट्न प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौं आएका हुन् ।

माओवादी केन्द्रका नेता पौडेल उपमाहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आफ्नो पार्टीका नेता र मन्त्रीहरु भेट्न काठमाडौं आएका हुन् । उनले काठमाडौंमा आफ्ना पार्टीको अध्यक्ष र नेताहरुसँग भेटेर विभिन्न योजना र बजेटको माग गर्ने तयारी गरेका छन् । नीति कार्याक्रममाथि संसदमा छलफल भइरहेको बेला जीतपुरसिमरा उपमहानगरपालिकामा केन्द्रलाई बजेटमा विषेश ध्यानाकर्षण गराउन उनी सहित उपमहानगरपालिकाको टिम काडमाडौं आएका हुन् ।

तर, उपमाहानगरपालिकाको टिम नै काठमाडौं आउँदा स्थानीयहरुलाई सेवा सुविधामा भने समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्