काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता विजयी



काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको निर्वाचनको मतपरिणाम शुक्रबार बिहानमात्रै घोषणा गर्ने भएको छ।

वैशाख ३१ गतेदेखि राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना १३औं दिनमा बिहीबार सम्पन्न भएको हो । मतगणना सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग परामर्श गरेर भोलि बिहान ६ बजेमात्रै औपचारिक रुपमा अन्तिम मतपरिणाम सुनाउने निर्णय गरेको छ।

यद्यपि मेयरमा बालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएका छन् । कसले कति मत पाए भन्ने भोलि बिहान सार्वजनिक गरिने छ।

प्रतिक्रिया दिनुहोस्