स्याङ्जाबाट १७ किलो खैरो हेरोइनसहित ४ जना पक्राउ



स्याङ्जा : स्याङ्जाको वालिङबाट झण्डै १७ किलो लागुऔषध खैरो हेरोइनसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट पर्वतका लागि छुटेको ना ६ ख १२६७ नम्बरको बसमा जाँच गर्ने क्रममा वालिङ १०, भकुण्डेबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १६ दशमलव ७५ किलो ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।पक्राउ पर्नेहरुमा स्याङ्जाको भीरकोट  नगरपालिका ५ का भिम बहादुर सेन र सुम सिंह ठकुरी तथा वालिङ नगरपालिका ११ का सुवास सेन र राम बईक रहेका छन् ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ भकुण्डेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु चारै जनालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्