जंगली च्याउ खाँदा १ महिलाको मृत्यु



पाँचथर : जंगली च्याउ खाएर पाँचथरमा १ महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जंगली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

जंगली च्याउ खाएर बिरामी परेकी उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो।

सुनितासँगै जंगली च्याउ खाएर बिरामी परेकी उनकी सासू ७० वर्षीया सञ्चमाया चेम्जोङको झापाको विर्तामोडस्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यहाँ वर्षायाममा उम्रिएको जंगली च्याउलाई तरकारीका रुपमा खाने प्रचलन छ।

 

प्रतिक्रिया दिनुहोस्