गोरू काट्दै गरेका ९ जना पक्राउ



म्याग्दी । मालिका गाउँपालिका-६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका-६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्