टिम खरिद गर्न क्यानको टेन्डर आह्वान (विज्ञप्ति)



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी–२० को टिम खरिदका लागि टेन्डर आव्हान गरेको छ।

क्यानले यसअघि नै लिग खेल्ने ६ टिमको नाम टुंगो लगाइसकेको छ। यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टिम खरिदका लागि टेन्डर आव्हान गरेको हो।

८ असोजदेखि ५ कात्तिकसम्म हुने प्रतियोगिताको लागि क्यानले टिमको नाम विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न राखेको छ।

प्रतियोगितासँगै क्यानले नेपालमा सञ्चालनमा आएका तीन फ्रेन्चाएज लिगको राष्ट्रिय मान्यता खारेज गरेको छ। यससँगै क्यानले यी लिगलाई प्रादेशिक संरचनामा गए मान्यता दिने बताएको छ। क्यानको यो निर्णयसँगै एभरेष्ट प्रिमियर लिग (इपीएल) तथा त्यससँग सम्बन्धित क्लबहरू भने सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्