बैंगलोरविरुद्ध राजस्थान, को पुग्ला फाइनल ?



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० प्रतियोगिताको फाइनल प्रवेशका लागि शुक्रबार (आज) रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ।

अहमेदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।

आजको खेलको विजेताले आइतबार उपाधिको लागि गुजरात टाइटन्ससँग खेल्नेछ। पहिलो प्लेअफमा राजस्थानलाई सात विकेटले हराउँदै गुजरात आईपीएलमा प्रवेश गरेको पहिलो वर्ष नै फाइनलमा स्थान बनाएको थियो।

यता, बैंगलोरले इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सविरुद्ध जित निकाल्दै फाइनल प्रवेशका लागि राजस्थानसँगको भेट पक्का गरेको हो।

आईपीएलमा यी २ टोलीबीच हालसम्म २४ खेल भएका छन्। जसमध्ये बैंगलोरले १३ खेलमा जित निकाल्दा राजस्थानले ११ खेलमा जित हात पारेको छ।

आईपीएल इतिहासमा राजस्थानले एक पटक उपाधि जितेको छ भने बैंगलोर हालसम्म उपाधिविहीन छ। बैंगलोर पछिल्लो पटक सन् २०१६ मा फाइनल पुगेको थियो। यस्तै, सन् २००८ को विजेता राजस्थान त्यसयता फाइनल पुग्न सकेको छैन्।

प्रतिक्रिया दिनुहोस्