शनिबार बसन्तपुरबाट विजय र्‍याली निकाल्ने एमालेको तयारी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिबार विजय र्‍याली निकाल्ने भएको छ । एमाले काठमाडौं महानगर कमिटीका अनुसार काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिको सहभागितामा बसन्तपुरबाट विजय र्‍याली निकाल्न लागिएको हो ।

र्‍यालीमा काठमाडौं महानगरपालिकाबाट निर्वाचित उपमेयर सुनिता डंगोलसहित १२ वडामा निर्वाचित वडाध्यक्ष र सदस्यमा विजयी जनप्रतिनिधिको सहभागिता रहनेछ ।

शनिबार बिहान ११ बजे वसन्तपुरबाट बाजागाजासहित विजय र्‍यली निकाल्ने तयारी भएको काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्