तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्धा



कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्धा दर्ता गरेको छ ।

आयोगले कैलालीको गोदावारी नगरपालीकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट सहित पाँच जना विरुद्ध विशेष अदालत काठमाडौंमा उनिहरुविरुद्ध मुद्धा दर्ता गरेको हो । विभिन्न १३ वटा सडकको ठेक्कामा अनियमितता गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

आयेगले अधिकृत खेम राज विष्ट सहित, इन्जिनियर पूर्ण कुँवर, सव इन्जिनियर नरेन्द्र शाही, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी हरिबहादुर विष्टविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, सव इन्जिनियर र निर्माण व्यवसायीविरुद्ध जनही १५ लाख १७ हजार ६९७ रुपैयाँ बिगो दाबी गरेको छ भने ल्याब टेक्निसियनविरुद्ध १४ लाख ९६ हजार १५५ रुपैयाँ बिगो दाबी गरेका छ ।

प्रतिक्रिया दिनुहोस्