रेनु दाहाल सवार गाडी दुर्घटनामा



चितवन । रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । भरतपुर महानगरपालीकाकी मेयर दाहाल सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ ।

टाउकोमा चोट लागेपछि दाहाललाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीले जनाएको छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरीले बतायो ।

भरतपुर महानगरपालिकाको मेयर पदमा दोस्रो पटक विजयी भएसँगै उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्