लागू औषध गाँजा सहित दुई जना पक्राउ



बारा लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अटो चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १३ बस्ने ३९ वर्षका सजन स्याङ्तान र ३५ वर्षका भुवन तितुङ रहेका छन् । प्रहरीले ना २ ह २८८८ अटो र गाँजासहित उनिहरुलार्ई नियन्त्रणमा लिएको हो । 

शुक्रबार बाराको पथलैयाबाट खटेको प्रहरी टोलिले नियमित चेकजाँच गर्दा प्रहरी सहायक निरीक्षक (असई) मनोज यादवको टोलीले उनिहरुलाई  पक्राउ गरेको हो । 

इन्चार्ज  मनोज यादवले कार्यभार सम्हाले लगत्तै उनको सक्रियतामा धमाधम तस्करीका सामानहरू पक्राउ पर्न थालेका हुन् ।

साथै गाँजासहित पक्राउ परेकालाई आवस्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय सिमरा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्