आईपीएल : बेंग्लोरलाई हराउँदै राजस्थान फाइनलमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराउँदै राजस्थान रोयल्स फाइनलमा पुगेको छ। शुक्रबारको खेलमा राजस्थानले बेंग्लोरमाथि ७ विकेटको जित हात पारेको हो।

नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।राजस्थानको जितमा ओपनर जस बटलरले १०६ रनको अविजित इनिङ खेले। बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे। यस सिजन बटलरको यो चौथो सतक हो।

यसबाहेक, कप्तान सन्जु सामसनले २३ रन र यसवी जैसवालले २१ रन बनाए। बैंगलोरका जस हेजलवुडले दुई विकेट लिँदा वनिन्दु हसरंगाले एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङमा आएको बेंग्लोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो।

बैंगलोरका रजत पटिडरले सर्वाधिक ५८ रन बनाएका थिए । यसबाहेक बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले २५ र ग्लेन म्याक्सवेलले २४ रन जोडेको थिए। राजस्थानका प्रसिद्ध क्रिष्णाओबेड म्याकोनीले समान तीन विकेट लिए। यस्तै, ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए। राजस्थानले उपाधिका लागि आइतबार गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्