बलिउड फिल्म निर्माता बोनी कपूरको ३ लाख रुपैयाँ चोरी



एजेन्सी । बलिउडका प्रख्यात निर्माता तथा दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरको बैंकबाट करिब ३ लाख ८२ हजार रुपैंयाँ चोरी भएको छ। बोनीले यो मामलामा मुम्बई प्रहरीमा उजुरी दिएका छन्। मुम्बईको अम्बोली प्रहरीले सूचना प्रौद्योगिकी अधिनियम अनुसार उजुरी दर्ता गरेको छ।

समाचारअनुसार बोनीले गत मार्चमा आफ्नो बैंक खाताबाट कसैले पैसा निकालेको खबर पाएका थिए। जब उनले यो कुरा बैंकलाई जानकारी दिए, त्यो बेला उनको खाताबाट अरु कसैले पैसा निकालेको खुलेको थियो।

बोनीले कसैलाई पनि आफ्नो क्रेडिट कार्डको बारे जानकारी दिएका थिएनन्। उनले आफ्नो बैंकको पैसा गुरुग्रामको एक कम्पनीको खातामा कसैले सारेको दाबी गरेका छन्।

बोनी भारतीय फिल्मका लोकप्रिय निर्माता हुन्। उनले ‘मिस्टर इण्डिया’, ‘नो एन्ट्री’, ‘जुदाई’, ‘वान्टेड’ जस्ता फिल्म निर्माण गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्