छोरीकाे बिहे १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन



बाँके : छोरी १६ वर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग गर्दै बाँकेमा मधेसी र मुस्लिम महिला आन्दोलित भएका छन् । युवायुवती २० वर्ष पुगेपछि मात्र विवाह गर्न–गराउन पाउने कानुनी प्रावधान मधेसी र मुस्लिम समुदायविरुद्ध भएको भन्दै उनीहरूले मंगलबार नेपालगन्ज उपमहानगरपालिकाअगाडि दुई घन्टा सडक अवरुद्ध बनाए ।

छोरीको उमेर १६ वर्ष पूरा भएपछि बिहे गर्न पाउनुपर्ने माग गर्दै झन्डै तीन सय महिला नेपालगन्ज आएको आन्दोलनको नेतृत्वकर्ता रामदेव मिश्रले बताए । उनले मधेसी र मुस्लिम समुदायका एक–दुई परिवारको मात्र समस्या नभई पूरै समुदायलाई कानुनले असर गरेको बताए । बाँकेका विभिन्न गाउँबाट आएका मधेसी र मुस्लिम महिलाले १६ वर्षको उमेरमा विवाह गर्न नपाउने गरी बनेको कानुनले ठूलो समस्या निम्त्याएको बताएका छन् । यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ । 

ताजरुल बागवान भन्छिन्- उमेर बढी भएकी छोरीलाई केटाले विवाह गर्न मान्दैनन् 

खजुरा गाउँपालिका–५ रजनवाकी २२ वर्षीया शान्ति यादवले २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्थाले आफ्नो समुदायका छोराछोरीको विवाह गर्न समस्या हुने बताइन् । उनले आफ्नो विवाह नौ वर्षको उमेरमा भएको र १४ वर्षको उमेरमा घरमा गएको बताइन् । ‘विवाहपछि गौना, थौना गर्दागर्दै १४ वर्षकी भएँ, अनि मात्र पतिसँग बस्न थालेँ,’ उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस्