गीताञ्जली श्री : बुकर पुरस्कार जित्ने पहिलो भारतीय



एजेन्सी । गीताञ्जली श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका बनेकी छन् । उनको उपन्यास टम्ब अफ स्यान्ड भारतको विभाजनको छायाँमा लेखिएको हो । पुस्तकमा एक ८० वर्षीय बृद्धाले आफ्नो पतिको मृत्युपछि पछ्याएको पारिवारिक गाथालाई समेटिएको छ ।

५० हजार पाउन्ड धनराशी पुरस्कारका लागि छनोट भएको यो पहिलो हिन्दी भाषाको पुस्तक हो । ‘मैले कहिल्यै बुकरको सपना देखेकी थिइनँ । म चकित, हर्षित, सम्मानित र नम्र महशुस गरेकी छु ’, पुरस्किृत भएपछि उनले भनिन् ।

पुरस्कारको रकम गीताञ्जली र पुस्तकको अनुवादक अमेरिकास्थित डेजी रकवेलबीच बाँडिनेछ । उत्तर प्रदेश राज्यको मैनपुरी सहरमा जन्मेकी ६४ वर्षीय गीताञ्जलीले तीन ओटा उपन्यास लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्