आईसीसी विश्वकप लिग-२ खेल्ने टोलीको बिदाइ



काठमाडौं । अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपाली टोलीलाई बिदाइ गरेको हो। नेपाली टोली शनिबार नै सिरिजका लागि अमेरिकाको टेक्सस प्रस्थान गर्नेछन्।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले अहिले टिम पनि सन्तुलित रहेको बताउँदै राम्रो खेल प्रदर्शन गर्ने बताएका छन् ।

सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ। सिरिजका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध जुन ९ मा खेल्ने छ। यस्तै, नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ र तेस्रो खेल फेरि ओमानविरुद्ध जुन १४ मा खेल्ने छ। अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ।

नेपाली टिम :

सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख,विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, बिक्रम सोब, किशोर महतो, सागर ढकाल

प्रतिक्रिया दिनुहोस्