बन्दीको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन



काठमाडौं । गृह मन्त्रालयले रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरिएको भनिएका बन्दी सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापगाईंको संयोजक्तवमा समिति गठन गरेको हो । समितिलाई घट्ना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्‍धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

गृह मन्त्रालयले समितिको प्रतिवेदन प्राप्त भएपछि घटनाबारे सत्यतथ्य उजागर हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्