तारकेश्वारमा नव श्रृष्टि समाजको सरसफाइ कार्यक्रम सम्पन्न



काठमाडौं । नव श्रृष्टि हातेमालो समाजले काठमाडौंको तारकेश्वरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । समाजले विशेष आयोजनामा २०७९ साल जेष्ठ १४ गते शनिबार तारकेश्वर नगरपालिकाको जरंखु,गैरीगाउँदेखि शान्तिटोलसम्म सरसफाइ कार्यक्रमको आयोजना सम्पन्न गरेको हो ।

आजको सरसफाइ कार्यक्रमलाई तारकेश्वर नगरपालिका वडा नं.८ का अध्यक्ष श्याम कृष्ण सापकोटा लगायत नव निर्वाचित सदस्यहरुको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । यस संस्थाले विगत लामो समयदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ।

यस समाजको मूल उदेश्य सरसफाइ, समाजमा रहेका गरीब दुःखीको सहयोग तथा दुर्व्यसनीमा फसेका युवा युवतीहरुलाई असल बाटो देखाउनु हो।त्यसैले आगामी दिनमा पनि यस्तैगरी अन्य सामाजिक काम गर्ने जानाकारी यस संस्थाका सचिव श्री मित्रलाल श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्