बागमती प्रदेशसभाको दशौँ अधिवेनशनमा बजेटबारे छलफल



मकवानपुर । शुक्रबारदेखि सुरु भएको बागमती प्रदेशसभाको दशौँ अधिवेनशन अन्तर्गत शनिबार दुई बैठक सञ्चालन भएका छन् । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।

बैठकमा दलगतरूपमा प्रदेशसभा सदस्यहरूले विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गरेका छन् । बैठकमा २८ प्रदेशसभा सदस्यले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्