काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारीलगायत १५ विद्यार्थी सङ्गठनको शनिबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिलाई सकारात्मकरूपमा लिएको भन्दै तत्काल त्यसलाई कार्यान्वयन गर्न माग गरेको छ। त्यस्तै आन्दोलनरत विद्यार्थी सङ्गठनसँग तीन दिनभित्र छलफल गरी निष्कर्षमा पुर्याउन माग गरिएको छ।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा विद्यार्थी सङ्गठनले दैनिक उपभोग्य वस्तु तथा सेवाको ढुवानी र लागत भाडामा गरिएको मूल्यवृद्धिलाई अनुगमन तथा नियन्त्रण गरी यस अवधिमा बढेको मूल्यवृद्धि फिर्ता गराउन पनि माग गरिएको छ।