कपालको बनावटले छुट्याउँछ युवतीको स्वभाव



केश अर्थात् कपाल महिलाहरुकालागि मात्र नभएर पुरुषहरुको सौन्दर्यको पहिचान हो । महिला होस् वा पुरुष दुवैको व्यक्तित्व विकासमा कपालको महत्वपूर्ण भूमिका हुन्छ ।

कपालले सामान्य देखिने मानिसलाई पनि आकर्षक बनाउने गर्दछ । आजकल फेसन र आफ्नो इच्छाका अनुसार केटीहरुले कपाल लामो, स्ट्रेट, कर्ली तथा छोटो गरेर राखेका हुन्छन् ।

Related image

– छोटो कपाल भएका महिलाहरुको विचारमा पटक-पटक उतार चढाव आइ रहने भए पनि यिनीहरु सँधै आफ्नो फाइदाको बारेमा मात्र सोच्ने गरेको पाइन्छ ।

यिनीहरुको अरुप्रति रहेको नजर धेरै छिटो बदलिने गर्छ । यिनीहरुसँगबोल्दा वा काम गर्दा हामीले सजग भएर रहनु राम्रो हुन्छ ।

छोटो कपाल भएकाहरु अनुशासन र मेहनतलाई बढी महत्व दिने गर्छन् भने यिनीहरुको भविष्य निर्माणमा भाग्यले पनि साथ दिरहेको हुन्छ ।

पार्टी, घुम्न तथा रमाइलो गर्नमा धेरै रुची भएपनि कहिलेकाही यिनीहरुको बोलीले गर्दा यिनीहरुलाई अरुले घमण्डी समेत सोच्ने गरेका हुन्छन् ।

Related image

– यदी कुनै महिलाको कपाल लामो घुम्रिएको छ भने यस्ता महिलाहरुलाई भौतिक सुख सुविधाप्रति अत्यन्त मोह हुने गर्छ ।

भविष्यप्रतिको चिन्ता नभएको यिनीहरुमा वर्तमानमा मोजमस्ती गरेर जिउने इच्छा रहेको हुन्छ । यस्तो कपाल भएका महिलाहरुले आफ्नो जीबनमा धेरैपटक उतार चढावको सामना गर्नुपर्ने हुन्छ । साथै गायन, लेखन तथा साहित्यमा उनीहरुको निकै रुची भएको देखिन्छ ।

– कानको नजिकै आएर थोरै घुम्रिएको कपाल हुने महिलाहरु भाग्यशाली हुन्छन् र यिनीहरुले आफ्नो भाग्यबाट सबै सुख, सुविधा र आनन्द प्राप्त गरेका हुन्छन् । यिनीहरुको भाग्यले यिनीहरुसँग जोडिएका व्यक्तिहरुलाई पनि निकै फाइदा गरेको हुन्छ ।

Image result for hair

– लामो र स्ट्रेट कपाल भएका महिलाहरुको मन सफा हुने भएकाले धेरैजसो पुरुषहरुले यस्तामहिलालाई मन पराउने हुन्छन् ।

यिनीहरुले समय र परिस्थितिको राम्ररी बुझेर, धेरै बिचार पुर्याएर बोल्ने तथा निर्णय लिने गर्छन । अर्काको कुरा काटेर समय खेर फाल्नुको भन्दा पनि आफ्नो काम गर्न यिनिहरुलाई मन पर्छ । धन पैसा बचाएर राख्ने बानी भएपनि यिनीहरुले सही स्थानमा मात्र पैसा खर्च गर्ने खालको हुन्छन् ।

धुलो, धुवा, घाम, चिन्ता, खानेकुरा तथा बजारमा पाइने केमिकल युक्त स्याम्पुका कारण हाम्रो कपाल छिट्टै झरेर पातलो हुने गर्छ । धेरै जसो महिलाहरुको कपाल कम उमेरमै पातलो हुने गर्दा महिलाहरुले छिट्टै आत्मविश्वास गुमाउने गरेको हुन्छ । यिनीहरु भाग्यलाई एकदमै धेरै विश्वास गर्छन् भने यिनीहरुमा माया, प्रेमप्रति कुनै प्रकारको आकर्षण हुँदैन् । आफ्ना मनका कुरा आफैसँग सिमित राखेर उनीहरु आफ्नो जीबनलाई सरल, सामान्य र शान्तिपूर्ण रुपमा बिताउन रुचाउछन् ।

प्रतिक्रिया दिनुहोस्