आइतबार सार्वजनिक विदा



ताप्लेजुङ : किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ ।

 

गाउँपालिकाको २९ औँ वैठकले कातिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा दिईने निर्णय भएको गाउँपालिकाका निमित्त प्रशाशकिय अधिकृत कर्णहाङ नेम्वाङले जानकारी दिनुभयो । सरकारले किराँत धर्मवालम्वीहरुलाई मात्र दिने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने सो दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निणर्य गरेको हो ।

 

सो दिन गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा विद्यालयहरु वन्द रहनेछन् ।यता गाउँकार्यपालिकाको वैठकले गत आर्थिक वर्ष ०७४(७५ को फक्ताङलुङ गाउँपालिका भरिका सम्पूर्ण सरकारी विद्यालहरुको लेखा परिक्षणका लागि लेखा परिक्षकहरुलाई नियुक्ति गरेको नेम्वाङले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्