विद्युत् सर्ट भएर आगलागी हुँदा एकको मृत्यु



दाङ : तुलसीपुरको एक घरमा विद्युत सर्ट भएर आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-१२ टरिगाउँस्थित एक घरमा आगो लाग्दा लाग्दा ३३ वर्षीय अजय उराउको मृत्यु भएको दाङका निमित्त प्रहरी प्रमुख रामप्रशाद घर्तीले बताए।

 

विद्युत सर्ट भएर घरमा आगो लाग्न पुग्दा सुनसरी जिल्लाको भोक्ता गाउँपालिका ६ निवासी उराउको मृत्यु भएको प्रहरी प्रवक्ता एवं डिएसपी घर्तीले बताए। शुक्रबार राति ११ बजेतिर विद्युत् सर्ट भएर आगो लाग्दा उराउ घरमा एक्लै सुतेका थिए।

 

विद्युत सर्ट भई सल्केको आगोले ग्यास सिलिन्‍डर पनि विष्फोट भएपछि उराउको जलेर घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। सुनसरी जिल्ला निवासी उराउ ग्याविन तारको जाली बुन्ने कामका लागि दाङ आएका थिए।

 

प्रतिक्रिया दिनुहोस्