मोटरसाइकल पल्टदा ट्रकले किच्यो , एकजनाको मृत्यु



नवलपुर:पुर्व पश्चिम राजमार्गको पुर्वि नवलपरासीको कावासोती – १६ डण्डामा सवारी दुर्घटना हुदा १ को मृत्यु भएको छ । पुर्व बाट पश्चिमकालागि छुटेको  ना ४ प २७ नम्वरको मोटर साईकल र पश्चिम बाट पुर्वकालागि छुटेको ना २७ प ३६०० नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा ना २७ प ३६०० नम्वरको मोटरसाईकल चालक कावासोती नगरपालिका वडा नं. १५ गोडार निवासी अन्दिाजी बर्ष ६०/६५का राम प्रसाद अधिकारीको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

ना २७ प ३६०० नम्वरको मोटरसाईकलका अधिकारी दुई मोटरसाईकल एक आपसमा जुध्दा पल्टिन पुगेका थिए । सोही क्रममा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ६ ख ३४०१ नम्वरको ट्रकले किचेर मोटर साईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्