images

देशलाई विकास निर्माण र समृद्ध बनाउन केही कुराले छेक्दैन : नेता खनाल

द नेपालटप | प्रकाशित: २०७६-४-१५ गते
देशलाई विकास निर्माण र समृद्ध बनाउन केही कुराले छेक्दैन : नेता खनाल

इलाम : पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन्।

बुधबार जिल्लाको सूर्योदय नगरपालिकामा ‘२०७६–०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उनले भने, ‘मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र संक्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या रहेको छैन्।’

पूर्वप्रधानमन्त्री खनालले अहिले मुलुक विकासकै चरणमा रहेको बताउँदै यो समयमा पनि विकासका काम नभएमा मुलुकपछि पर्ने धारणा व्यक्त गरे। उनले १० वर्ष लगाएर निर्माण गरेको संविधान विकासको जग भएको भन्दै अब मुलुकमा विकासको छल्याङ मार्ने बेला भएको बताए।

‘हामीले लामो समय राणाकाल, पञ्चायती व्यवस्थाजस्ता निरङ्कुश शासन व्यवस्था झेलेऊ’, उनले भने, ‘अब कुनै पनि निरङ्कुश व्यवस्था छैन। त्यसैले यो समयमा तीव्र विकास गर्नुपर्छ।’

नेता खनालले संविधान निर्माणपछि मुलुकमा अधिनायकवाद समापन भएको, जनतालाई अधिकार सम्पन्न बनाएको र प्रगतिको मार्ग देखा परेको उल्लेख गर्दै सूर्योदय नगरपालिका विकास र प्रगतिमा नेपालकै उत्कृष्ट नगर भएकाले अन्य स्थानीय तहले पनि यसबाट पाठ सिक्नुपर्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमण)ले मुलुक समृद्धिको दिशामा अघि बढेको बताए।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्छ : प्रधानमन्त्री ओली

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्ने बताएका छन्। एसिया प्रशान्त..

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘जम्मू–कश्मीर विवादलाई नजिकबाट नियालिरहेका छौं’  

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘जम्मू–कश्मीर विवादलाई नजिकबाट नियालिरहेका छौं’  

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू–कश्मीर विवादबारे नेपालले नजिकबाट नियालिरहेको   ब..

जनकपुर पुगेर प्रचण्डले भने, ‘पाँच वर्षसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन’

जनकपुर पुगेर प्रचण्डले भने, ‘पाँच वर्षसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन’

जनकपुरधाम : संघीय सरकारका सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड..

सरकारमा बस्ने कि बाहिरिने दुविधामा उपेन्द्र यादव

सरकारमा बस्ने कि बाहिरिने दुविधामा उपेन्द्र यादव

काठमाडौं : समाजवादी पार्टीभित्र सरकार छाड्ने मुद्दाका कारण नेतृत्वले दबाब महसुस गर्न थालेको छ । सरकारमा उपप्रधानमन्..

भारतीय विदेशमन्त्री डा. जयशंकर नेपाल आउँदै, दुई पक्षीय सम्बन्धको समीक्षा हुने

भारतीय विदेशमन्त्री डा. जयशंकर नेपाल आउँदै, दुई पक्षीय सम्बन्धको समीक्षा हुने

काठमाडौं : नेपाल भारतको संयुक्त कमिसनको पाँचौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्डम जयशंकर नेपाल..

भुसालको चेतावनीपछि प्रमुखबाट नाम काटियो

भुसालको चेतावनीपछि प्रमुखबाट नाम काटियो

काठमाडौं : पार्टी स्कुल विभाग प्रमुख दाबी गर्दै आएका डा। बेदुराम भुसालले सुरक्षा विभाग प्रमुख बन्न अस्वीकार गर..