‘तल्लाे तहसम्म पार्टी एकीकरण छिट्टै हुनुपर्छ’



चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन नसकेको बताएका छन्। अध्यक्ष चयन भएपछि आज पत्रकारसँग कुराकानी गर्दै उनले प्रदेशदेखि गाउँसम्म एकीकरण छिटो गर्नुपर्ने बताए । 

पार्टीले पूर्णता नपाउँदा सरकार र स्थानीय तहबाट भए गरेका सकारात्मक काम जनतामाझ पुग्न नसकेको उनकाे भनाइ थियो । 

पार्टी एकता भनेको देशको रुपान्तरण भएको भन्दै उनले अहिले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार पार्न तल्लो तहसम्म पार्टी एकीकरणको अनुभूति हुने गरी काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्