हँसिया प्रहार गरेर छिमेकीको हत्या



गुल्मी : धारिलो हतियार हँसिया प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-३ नौघाते बस्ने ४५ वर्षीय लछुमण कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

खेतमा पानी लगाउने बिषयमा झै-झगदा हुँदा उनले सोही स्थान बस्ने ४९ वर्षीय मोतिलाल कुमाललाई हँसिया प्रहर गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले घटनास्थलमा मोतिलालको शव फेला पारको थियो।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले  जनाएको छ।

प्रतिक्रिया दिनुहोस्