कांग्रेस–कम्युनिस्‍टबीच कार्यगत एकताको खाँचो : नेता सिंह



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस–कम्युनिस्‍टबीच कार्यगत एकता गरेर अघि बढनुपर्ने प्रस्ताव अघि सारेका छन्। नेता सिंहले मुलुकमा आर्थिक गर्न पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे। 

 

शनिबार गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणेशमान सिंहले कम्युनिष्टहरुसँग कार्यगत एकता गरेर २०४६ सालको जनआन्दोलन सफल भएको उल्लेख गर्दै सोही बाटोबाट अघि बढन सके मात्रै मुलुकमा आर्थिक क्रान्ति गर्न सकिने पनि स्मरण गराए।

 

 प्राप्त उपलब्धिलाई जोगाउन आर्थिक क्रान्तिको गर्नु गर्ने नेता सिंहको जोड थियो। पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले जनतालाई सुःख दिलाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने आवश्यक्ता पनि औंल्याए।

 

प्रतिक्रिया दिनुहोस्