जुवा खेल्न नदिएपछि प्रहरीमाथि नै आक्रमण



काठमाडौ : दैलेखमा जुवा खेल्न नदिएपछि प्रहरीमाथि नै आक्रमण भएको छ।  दुल्लु नगरपालिकाको मुख्य बजारमा कौडा खेल्न लागेको समूहलाई रोक्न खोज्दा गएराति प्रहरी टोलीमाथि आक्रमण भएको हो।

 

कौडा खेल्ने समूहले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट, प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा गम्भीर चोट लागेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए। उनीहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

 

घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पोखरेलको टोली अहिले बिहान त्यहाँ पुगेको छ। प्रहरी र स्थानीयबीच दोहोरो झडपको स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर समेत गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्