मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक सम्मान



काठमाडौं‌ :  वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ ।  नेता गणेशमान सिंहको १० ४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै हास्य कलाकारद्धय श्रेष्ठ र आचार्य "मह जोडी" लाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो।   

 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले  मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान गरेको बताए। उनले स्‍व. गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण  गरे।  

 

२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा  गरिएको थियो।  राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका  सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

 

 स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा  पुर्‍याएको  योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ति र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्