रामेछापमा देउसीकाे क्रममा मदिरा पिएर झडप, तीनको अवस्था चिन्ताजनक



मन्थली : रामेछापको मन्थली नगरपालिका–७ स्थित भटौलीमा शुक्रबार राति साढे १० बजे स्थानीय दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

 

उनीहरू देउसीकाे क्रममा मदिरा पिएर झडप गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार खेमवहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी,सन्तोष माझी, सोममाया माझी र पूर्णवहादुर माझी झडपको क्रममा घाइते भएका हुन् ।

 

घाइतेमध्ये पूर्णबहादुर माझी, सोममाया माझी र अर्का एकको काठमाडौंस्थित नर्भीक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु तीनै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । साथै तत्काल धेरै रकम जुटाउन अस्पतालले ताकेता गरेपछि खर्च जुटाउन मुस्किल भएको बताइएको छ ।

 

झडपमा संलग्न केही घटनापछि फरार छन् । बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई भने प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीका अनुसार अघिल्लो वर्षको झगडाको विषय यसपटक तिहारमा फेरि ब्यूँतिएपछि झडपकै रुप लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्