गुल्मी : गुल्मीमा १३ जनाको मृत्यु हुने गरी पहिरो गएका गाउँहरूको भौगर्भिक अध्ययन हुने भएको छ। त्यसका लागि भूगर्भ्विदहरु शुक्रबार त्यसतर्फ जाने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।साउन ६ गते राति अबिरल वर्षापछि गएको पहिरोले ठूलो जनधनको क्षति गरेका ठूलो लुम्पेक र लिम्घाको खानी तथा भूगर्भ विभागले भौगर्भिक अध्ययन गर्न लागेको हो।
गाउँबीचबाट पहिरो गएपछि स्थानीय बासिन्दा अझै घर फर्किन सकेका छैन। त्यहाँका करिब ५ सय मानिस विस्थापित भएका छन्।