बलात्कार गरी भागेका युवा ६ वर्षपछि पक्राउ



इलाम : इलाम नगरपालिकाकी एक नाबालिकालाई जबरजस्ती करणी गरी भागेका एक व्यक्ति पक्राउ परेका छन्। ६ वर्षदेखि फरार रहेका २९ वर्षीय सचिन रसाईलीलाई जिल्ला प्रहरी कार्यलय इलामले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यलय इलाम र प्रहरी चौकी पेल्टीमारीका टोलीले चुलाचुली गाउँपालिका वडा नं. ५ बाट उनलाई पक्राउ गरेको थियो। रसाईलीलाई इलाम जिल्ला अदालतले २०७४÷०७÷३० गते ९ बर्ष कैदको फैसला सुनाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्